+
+

कीर्तिपुरका उम्मेदवार विरुद्ध कुनै पनि उजुरी परेन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते १६:१३

३ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाध्यक्षको उम्मेदवार विरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

२ मंसिर (हिजो) भएको उम्मेदवारको मनोनयन दर्ता विरुद्ध उजुरीका लागि आज समय तोकिएको थियो । दिउँसो ३ बजेसम्मका लागि तोकिएको समयावधिमा कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी गराइन् ।

कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा दलगत ९ र स्वतन्त्र ११ जनाले उम्मेदवारी दिएका थिए । वडा नम्बर १ र ४ गरी २२ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएका उनले जानकारी दिइन् ।

दलगत रूपमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी, जनमत, जनता समाजवादी, नेपाल मजदुर किसान पार्टी र नेपाल समाजवादी पार्टीले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?