+

चितवन राइनोजको जर्सी र मस्कट सार्वजनिक

२०८१ मंसिर  ३ गते २२:०५ २०८१ मंसिर ३ गते २२:०५
चितवन राइनोजको जर्सी र मस्कट सार्वजनिक

३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाईज टोली चितवन राइनोजले सोमबार आफ्नो आधिकारिक जर्सी र मस्कट सार्वजनिक गरेको छ । चितवनमा सोमबार आयोजित एक कार्यक्रमका बीच जर्सी, मस्कट र टीम गीत सार्वजनिक गरिएको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल समेत उपस्थित कार्यक्रममा चितवन मेडिकल कलेजका अध्यक्ष हरिशचन्द्र न्यौपाने, टिमका अध्यक्ष आयुष न्यौपाने र मार्की प्लेयर कुशल मल्लको उपस्थितिमा जर्सी सार्वजनिक भएको हो ।

गैंडाको चित्र अंकित जर्सीमा कालो, हल्का ग्रे र सुन्तला रङ मिसाइएको छ । हल्का ग्रे रङले गैंडाको रङलाई प्रतिबिम्बित गर्ने र सुन्तला रङले चितवनबाट देखिने सूर्यास्त तथा बाघको समेत संकेत गर्ने जनाउँदै त्यसमा कालो रङको ब्लेन्डिङ गरिएको टिमले जनाएको छ ।

तस्विर: चितवन राइनोज

त्यस्तै कार्यक्रममा टिमको आधिकारिक मस्कटको रूपमा मिस्टर गैंडा ५६ पनि सार्वजनिक गरिएको थियो । ५६ ले चितवनको टेलिफोन कोडसँगै चितवनको विविधतालाई झल्काउने टिमको भनाई छ ।

त्यस्तै टिमको अफिसियल एन्थम (गाना) पनि सार्वजनिक भएको थियो जसमा चितवनको पहिचान, समुदाय र खेल क्षेत्रलाई जोडेर देखाइएको छ ।

चितवनले आफ्नो जर्सी सार्वजनिक गरेसँगै एनपीएलका आठमध्ये विराटनगरबाहेकका सातवटा फ्रेन्चाइजले आफ्नो जर्सीहरू सार्वजनिक गरिसकेका छन् । विराटनगरले मङ्गलबार जर्सी अनावरण कार्यक्रम गर्दै छ ।

एनपीएल क्रिकेट आउँदो मंसिर १५ गतेदेखि काठमाडौंमा सुरू हुँदै छ ।

एनपीएल चितवन राइनोज जर्सी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय