+

दुई मैत्रीपूर्ण खेल खेलेर फुटबल टोली स्वदेश फर्कियो

२०८१ मंसिर  ३ गते २२:०३ २०८१ मंसिर ३ गते २२:०३
दुई मैत्रीपूर्ण खेल खेलेर फुटबल टोली स्वदेश फर्कियो

३ मंसिर, काठमाडौं । ताजिकिस्तानमा दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली सोमबार साँझ स्वदेश फर्किएको छ । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत एन्फा पदाधिकारीले स्वागत गरे ।

फिफा विन्डो अन्तर्गत त्रिदेशिय मैत्रीपूर्ण खेल खेल्न नेपाल ताजिकिस्तान गएको थियो । जसअन्तर्गत गत बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ४-० ले पराजित भएको थियो ।

शनिबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई हराएको थियो । नेपालका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले गोल गरे  ।

उक्त खेलमा नेपालले ७ खेलको जितविहीन यात्रा टुङ्ग्याउँदै पहिलो जित हात पारेको हो ।

नेपाल फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय