+

यू-१८ युथ लिगमा दुवै खेल बराबर

२०८१ मंसिर  ३ गते २२:१८ २०८१ मंसिर ३ गते २२:१८
यू-१८ युथ लिगमा दुवै खेल बराबर

३ मंसिर, काठमाडौं । ललित स्मृति एन्फा यू-१८ युथ लिग अन्तर्गत सोमबार भएको दुवै खेल बराबरीमा सकिएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा त्रिभुवन आर्मी एफसीले अन्तिम सममया गोल गर्दै खुमलटार युथ क्लबसँग १-१ को बराबरी खेल्दै हार टारेको छ ।

सागर तामाङले ८७औं मिनेटमा गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । खुमलटार जित नजिक पुगेको बेला इन्जुरी टाइमको तेस्रो मिनेटमा आर्मीका भुवन कामीले गोल गर्खै खेल बराबरी गरेका हुन् । बराबरीपछि १० खेलबाट ८ अंक जोडेको आर्मी दशौँ स्थानमै छ । खुमलटारले समान खेलबाट ४ अंक जोडेको छ ।

त्यसअघि सोमबारै भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । मनाङको १० खेलबाट १९ अंक छ भने चर्च ब्वाइजले समान खेलबाट १४ अंक जोडेको छ ।

ललित स्मृति एन्फा यू-१८ युथ लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय