+

नेपालले टस जितेर कर्नाटकविरुद्ध ब्याटिङ गर्दै

२०८१ मंसिर  ४ गते ९:१५ २०८१ मंसिर ४ गते ९:१५
नेपालले टस जितेर कर्नाटकविरुद्ध ब्याटिङ गर्दै

४ मंसिर, काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँगविरुद्ध ब्याटिङ गर्दैछ ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ सुरु गरेको हो । यो चौथो खेल हो ।

यसअघि भएको पहिलो खेलमा हार ब्यहोरेको नेपालले दोस्रो र तेस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृङ्खला २-१ को अग्रता बनाएर खेलिरहेको छ ।

आइतबार भएको तेस्रो अभ्यास खेलमा नेपाल १२१ रनले विजयी भएको थियो । आजको खेल जितेमा नेपालले एक खेल बाँकी हुँदै शृङ्खला नै जित्नेछ ।  अन्तिम खेल बिहीबार हुनेछ ।

आउँदै गरेको एसीसी यू-१९ एसिया कपको तयारीका लागि नेपाली युवा टोलीले घरेलु मैदानमा एकदिवसीय अभ्यास सिरिज खेलिरहेको छ ।

एसीसी यू–१९ एसिया कप यही नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म यूएईमा हुँदै छ । त्यसका लागि क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेर अभ्यास सुरु गरिएको हो ।

नेपाली क्रिकेट यू-१९

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय