+
+

१६ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते ९:२५

४ मंसिर, काठमाडौं । सेयर बजारमा विभिन्न १६ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

हालसम्मकै उच्च मूल्यमा पुगेका कम्पनीमा अधिकांश हाइड्रोपावर सेक्टरका छन् । हाइड्रोपावर सेक्टरका ९ कम्पनीको मूल्यले नयाँ रेकर्ड बनाएका छन् ।

नेपाल स्टक एक्स्चेन्जको तथ्यांकअनुसार मेन्छियाम हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, बरुण हाइड्रोपावर, रिभर फल्स पावर, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, ङादी ग्रुप पावर, अपरहेवाखोला हाइड्रोपावर, सयपत्री हाइड्रोपावर र बाराही हाइड्रोपावरको मूल्य नयाँ उचाइमा पुगेको छ ।

त्यस्तै २ विकास बैंक कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकको मूल्य हालसम्मकै उच्च भएको छ ।

४ लघुवित्त कम्पनी धौलागिरि लघुवित्त, माहुली सामुदायिक लघुवित्त, स्वाभिमान लघुवित्त, मानुषी लघुवित्तको मूल्य हालसम्मकै उच्च भएको छ । फाइनान्स सेक्टरको जानाकीको मूल्य हालसम्मकै उच्च छ ।

कम्पनी हालको उच्च मूल्य
मेन्छियाम हाइड्रोपावर ६४२.१०
मनकामना इन्जिनियरिङ हाइड्रोपावर ४६८
बरुण हाइड्रोपावर ४३६
रिभर फल्स पावर ८०७
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी ५७६
ङादी ग्रुप पावर ५७१
अपरहेवाखोला हाइड्रोपावर ६४४.९
सयपत्री हाइड्रोपावर ७९६
बाराही हाइड्रोपावर ८००
कर्पोरेट डेभलपमेन्ट बैंक ११६०
ग्रीन डेभलपमेन्ट बैंक ९००
धौलागिरि लघुवित्त १७३७
माहुली सामुदायिक लघुवित्त १८२३
स्वाभिमान लघुवित्त २०४४.९०
मानुषी लघुवित्त २२०५
जानाकी फाइनान्स १०६२

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?