+

कर्णाली याक्सले सार्वजनिक गर्‍यो ५ उदयीमान क्रिकेटर

२०८१ मंसिर  ४ गते १२:०१ २०८१ मंसिर ४ गते १२:०१
कर्णाली याक्सले सार्वजनिक गर्‍यो ५ उदयीमान क्रिकेटर

४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज क्लब कर्णाली याक्सले पाँच जना उदयीमान खेलाडी सार्वजनिक गरेको छ ।

कर्णाली याक्सले कर्णाली प्रदेशबाट छानिएका पाँच जना उत्कृष्ट खेलाडीको नाम मंगलबार सार्वजनकि गरेको हो । उदयीमान खेलाडी छनोटका लागि याक्सको टोली केही दिनअघि सुर्खेत पुगेको थियो ।

उत्कृष्ट पाँचमा छनोट हुनेहरूमा मनिष थापा, निश्चल रावल, विपिनप्रसाद शर्मा, राजप्रसाद शाह र अरविन्द घर्ती रहेका छन् । उनीहरूले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

कर्णाली याक्सले छनोट भएका उदयमान खेलाडीलाई बधाई दिंदै सहभागी भएकाहरूलाई क्रिकेट सपनालाई निरन्तरताका लागि शुभकामना दिएको छ ।

कर्णाली याक्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय