+
+

एनआईएमबीका ग्राहकलाई ‘स्काइवाक टावर’ मा विषेश छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते १२:४१

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंको कमलादीमा रहेको ‘स्काइवाक टावर’ मा विषेश छुट पाइने भएको छ ।

छुट उपलब्ध गराउने सम्बन्धी विषयमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र ‘वन्डर्स नेपाल प्रालि’ काठमाडौं बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार एनआईएमबीका ग्राहकले ‘स्काइवाक टावर’ प्रवेश शुल्कमा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

एनआईएमबीका ग्राहकले १ जनादेखि ५ जनासम्म टिकट खरिद गर्दा १५ प्रतिशत छुट र ५ जना भन्दा बढी संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने छन् ।

छुट लिनका लागि एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?