+

तीन नेपाली महिला क्रिकेटरलाई जनही १/१ लाख नगदसहित सम्‍मान गरिने

२०८१ मंसिर  ४ गते १५:११ २०८१ मंसिर ४ गते १५:११
तीन नेपाली महिला क्रिकेटरलाई जनही १/१ लाख नगदसहित सम्‍मान गरिने

४ मंसिर, स्याङ्जा। शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदको क्षेत्रमा सक्रिय रहँदै आएको खुमा अर्याल फाउण्डेसनले स्याङ्जामा ३ नेपाली महिला क्रिकेटरलाई जनही एक एक लाख नगदसहित सम्मान गर्ने भएको छ।

युएईमा भएको यू-१९ टि-२० महिला विश्वकपको एसिया छनोटको उपाधि विजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेलमा पुग्ने नेपाली टिमका स्याङ्जाका ३ क्रिकेटरलाई फाउन्डेसनले जनही एक लाख नगदसहित सम्मान गर्ने निर्णय गरिएको सस्थाका सचिव ध्रुब शर्माले जानकारी दिए ।

स्याङ्जा पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना के।सी।, कुसुम गोदारलाई साथै स्याङ्जा जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापा लाई पनि सम्मान गरिनेछ।

फाउन्डेसनले आफ्नो स्थापना दिवसको अवसरमा यहि मंसिर ५ गते उक्त सम्मान कार्यक्रम गर्ने भएको हो।

फाउन्डेसनले सोही दिन कालिका बहुमुखी क्याम्पस भिरकोट ७ बलमाटामा गण्डकी मेडिकल कलेज पोखराको प्राबिधिक सहयोग र जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाको सहकार्यमा खुला रक्तदान सहितको विशेषज्ञ सहितको बृहत स्वास्थ्य शिविर सञ्चालन गर्दैछ ।

नेपाली महिला क्रिकेटर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय