+
+

अनलाइन जुवा खेलाएको आरोपमा १४ जना भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते २०:२८

४ मंसिर,बुटवल। रुपन्देही प्रहरीले अनलाइन सट्टेबाजी जुवामा संलग्न रहेको आरोपमा १४ जना भारतीय नागरिकलाई भैरहवाबाट पक्राउ गरेको छ। मंगलबार बिहान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ सगुनी पथस्थित अस्फाक आलमको घरबाट उनीहरुलाई पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा अवैध रुपमा अनलाइन गेममार्फत जुवा सट्टाबाजी सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डीएसपी नविन पौडेलले बताए।

‘वाट्सएप समेतको माध्यमबाट टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप बनार्इ क्रिकेट, फुटबल, हक्की, हर्स रेस लगायतका गेमहरु लर्डस् एक्सचेन्ज, अल प्यानल, स्याफरोन, ताज, क्लासिक एक्ससीएच, गो एक्ससीएच लगायतका वेबसाइटहरुबाट अवैध रुपमा अनलाईन बेटिङ जुवा सट्टावाजी सञ्चालन गरिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरिएको डीएसपी पौडेलले बताए।

उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाइल सेटहरु ४० थान, विभिन्न कम्पनीको ल्यापटप ३ थान र राउटर २ थान समेत बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको हरियाणा प्रदेश पासकुल्ला जिल्ला पिन्जोर पोष्ट अफिस ईन्दोर थानाका ३३ वर्षिय साहिल सोडा, उत्तराखण्ड रानिडिया जिल्ला ज्वालापुरका १८ वर्षीय श्याम गुप्ता, उत्तर प्रदेश देवरीया जिल्ला गौरीबजार पोष्टका २० वर्षीय रवि जैसवाल, हरियाणा प्रदेश फरिदावाद जिल्ला खडकेला थाना खिडि पोष्ट अफिसका २४ वर्षिय अनुराग सिंह, सोही स्थानका १९ वर्षीय नितेश वर्मा, गोरखपुर जिल्ला मोतिताम पोष्ट अफिस बिष्णुपुरा थानाका २१ वर्षिय दिपक जैसवाल र गोरखपुर जिल्ला गाईन्ड पोष्ट अफिसका २२ वर्षिय रजत कुमार रहेका छन्।

त्यसै गरी उत्तर प्रदेश गोरखपुर जिल्ला एम्स पोष्ट अफिस कुडाघाट पोष्टका १८ वर्षिय लक्की जैसवाल, जिल्ला संतकविर पोष्ट अफिस खलिलवा थानाका २१ वर्षिय सतेन्द्र कुमार, सोही स्थानका २५ वर्षिय अवधेश कुमार, १८ वर्षिय मोहित कुमार, गोरखपुर जिल्ला क्यान्ट थाना मोहदिपर पोष्टका २० वर्षिय प्रियान्सु जैसवाल, सोही स्थानका १९ वर्षिय मनिष पासवान र उत्तर प्रदेश आजमगढ जिल्ला सदर थाना पोष्टका २५ वर्षिय शिवम सिंहलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ गरिएकाहरुलाई रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ जिल्ला प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको डीएसपी पौडेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?