+
+

नवलपरासी पश्चिममा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते ६:३०
अस्पतालमा राखिएको शव । फाइल फोटो

५ मंंसिर, काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका १ बरुवा चोकमा ट्रकको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

गएराति ९ः५० बजे लु २ ख ८९३ नम्बरको ट्रकको ठक्करबाट साइकलमा सवार स्थानीय ६५ वर्षीय रामजी नेपालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहराका अनुसार ट्रकले ठक्कर दिएका नेपालीलाई शहीद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाइएकोमा डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?