+

‘अपाङ्गता भएका व्यक्तिहरूको लागि खेलकुद महत्वपूर्ण’

२०८१ मंसिर  ५ गते ७:०९ २०८१ मंसिर ५ गते ७:०९
‘अपाङ्गता भएका व्यक्तिहरूको लागि खेलकुद महत्वपूर्ण’

५ मंसिर, काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको लागि खेलकुद महत्वपूर्ण हुने सरोकारवालाहरुले बताएका छन् ।

नेत्रहीन क्रिकेट संघ नेपालले काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि सञ्चार माध्यमको भूमिका विषयमा सञ्चारकर्मीहरूसँग छलफल गर्ने क्रममा यस क्षेत्रका विभिन्न व्यक्तहरुले यस्तो धारणा राखेका हुन् ।

साथै कार्यक्रममा राष्ट्रिय नेत्रहीन क्रिकेट टोली पाकिस्तानमा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने जानकारी पनि गराइएको थियो ।

कार्यक्रममा बाग्मती खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताए । साथै नोभेम्बर २२ देखि डिसेम्बर ३ तारिख सम्म पाकिस्तानमा हुने टी–२० विश्वकप क्रिकेटका लागि जाने खेलाडीहरूका लागि पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने स्पष्ट पारे ।

संघका अध्यक्ष पवन घिमिरेले अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल, यसको सुरुवातका विषयमा प्रस्तुतीकरण गरे ।

साथै अपाङ्गता भएका व्यक्तिका खेलकुदका सामाग्रीहरूलाई सञ्चार माध्यमहरूले प्रमुख प्राथमिकता दिएमा उनीहरुका मुद्दामा सम्बन्धित निकायको ध्यान केन्द्रित हुने र खेलकुदको विकासमा, अपाङ्गता प्रति भएको पारिवारिक तथा सामाजिक विभेदको न्यूनीकरण हुनका लागि सहज हुने बताए ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अपाङ्गता महिला खेलाडी सरिता थुलुङ्गले खेलकुद अन्य नागरिकहरूका साथै अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि अति नै महत्त्वपूर्ण रहेको बताइन् ।

उनले अपाङ्गता भएका व्यक्तिहरूका खेलकुदका सवालहरूलाई विभिन्न सञ्चार माध्यमहरूले प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरिदिएको खण्डमा अपाङ्गता प्रति सकारात्मक रूपमा जनचेतना जाग्ने, राज्यको ध्यानाकर्षण हुने उल्लेख गरिन् ।

पाकिस्तानमा हुने टी–२० विश्व कप क्रिकेट प्रतियोगितामा राष्ट्रिय नेत्रहीन क्रिकेट टोलीका १५ जना खेलाडीहरू सहभागी हुनेछन् ।

खेलाडीहरूमा रमेश बहादुर बानिया कप्तान, पदम बहादुर बडैला उपकप्तान, सुनिल सुवेदी क्षेत्री, सागर लामा, दुर्गादत्त पौडेल, प्रेम बहादुर क्षेत्री, निश्चल सिवाकोटी, भरत थापा, प्रविन स्याङ्तान, मदन न्यौपाने, अमिश गुरागाईँ, सन्त पहरी, सुनिल राना मगर, नरेश चौधरी, पदम कार्की रहेका छन् भने नहेन्द्र निरौला प्रशिक्षक, तुन्बुरु उप्रेती टोली व्यवस्थापक, अध्यक्ष पवन घिमिरे, महासचिव अमृत बराल र बन्दोबस्ती व्यवस्थापक उपेन्द्र श्रेष्ठ पनि सहभागी हुनेछन् ।

उक्त प्रतियोगितामा नेपालले श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान, दक्षिण अफ्रिका, पाकिस्तान र भारतसँग खेल्ने आयोजक संस्थाले जानकारी गराएको छ ।

प्रतियोगिताका लागि क्रिकेट संघ नेपालले खेलकुद सामाग्री र खेल पोसाक, नेपाल राइनोज क्लबले सुजले जुत्ता, बाग्मती प्रदेश र सीबीओ ग्लोबले क्रिकेट सामाग्री उपलब्ध गराएका छन् ।

नेत्रहीन क्रिकेट संघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय