+
+

आज पनि रास्वपाको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते ८:०३

५ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

मंगलबार बसेको बैठकले आन्दोलनको ठोस निर्णय लिन नसकेपछि रास्वपाले आज बैठक बोलाएको हो ।

अर्को चरणको विरोध प्रदर्शन गर्ने बताएको रास्वपाले त्यसको स्वरुपम तय गर्न बैठक बोलाएको हो । बैठक आज दिउँसो तीन बजे बस्ने कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

‘आन्दोलन गर्नेमा सबै एकमत छौं । कुन मोडालिटीको गर्ने आज तय हुन्छ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?