+
+

उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते ८:३२

५ मंसिर, काठमाडौं । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाश हुँदैछ ।

निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने चुनावी कार्यतालिका रहेको छ । उम्मेदवारलाई आजै दिउँसो ३ बजेदेखि ५ बजेसम्म निर्वाचन चिह्नसमेत प्रदान गरिने आयोगले जनाएको छ ।

मतदान भने मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।

यसअघि मंगलबार उम्मेदवारविरुद्ध परेका उजुरीको जाँचबुझ गरिएको थियो । ४४ पदका लागि भएको मनोनयनमा जम्मा दुईवटा उजुरीमात्रै परेको थियो ।

उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता भएको थियो । ३३ जिल्लाका ४४ पदमा हुने उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?