+
+

तीन दिनमा ३ हजार बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते ११:०२

५ मंसिर, काठमाडौं । तीन दिनयता उकालो लागिरहेको सुनको भाउ प्रतितोला १ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार प्रतितोला ९ सय रुपैयाँ महँगिएको हो ।

यसअघि आइतबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता बढ्दै गएको सुन सोमबार १ लाख ६१ हजार, मंगलबार १ लाख ६२ हजार १ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ महँगिएको छ । अघिल्लो दिन १९५५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?