+
+

भारतीय गुन्डा नाइके विश्नोईको नाममा कसले दिँदैछ नेपाली व्यवसायीलाई धम्की ?

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते १२:१३

५ मंसिर, काठमाडौं । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्की दिइएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा केहीअघि विश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै उजुरी परेको एसपी होविन्द्र बोगटीले पुष्टि गरे । ‘विदेशी नम्बरबाट फोन गरेर धम्की दिइएको भन्दै पहिल्यै उजुरी परेको थियो’, उनले अनलाइनखबरसँग भने ।

यस्ता फोन भारत र दुबईका नम्बरबाट आउने गरेका छन् । विश्नोई अहिले भारतको सबैभन्दा कडा सुरक्षा रहने तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ । पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेल भरतपुरमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटकपटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका छन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार, नेपालमा दिइएका धम्कीमा पनि उनको संलग्नता भएजस्तो देखिँदैन । उनको नाम लिएर अरु कसैले धम्क्याएको हुनसक्ने अधिकृतहरुको अनुमान छ ।

यस्तै किसिमका धम्की झापाका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाममा पनि आउने गरेको भन्दै सीआईबीसम्म गुनासो पुगेको छ । ‘यी सबै विषयमा केन्द्रित भएर अनुसन्धान गरिरहेका छौं’, एसपी बोगटीले भने ।

प्रसाईंलाई प्रहरीले मंगलबार विद्युतीय अपराध नियन्त्रण ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरेको छ । योसँगै धम्कीका मामलासम्बन्धी अनुसन्धानलाई समेत प्रहरीले प्राथमिकता दिएको छ ।

सीआईबीका प्रमुख एआईजी दिपक थापाका अनुसार, विद्युतीय अपराध नियन्त्रण ऐन विप।प्तको कसुरमा मातहतको साइबर ब्यूरोले अनुसन्धान गर्नेछ भने अन्य विषयमा सीआईबीबाट अनुसन्धान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?