+
+

पर्यटनमन्त्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते १३:२७

५ मंसिर, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले माफी मागेका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा मन्त्री पाण्डेसँग आवेशमा आएर आफू बोलेको एवं सामाजिक सञ्जालमा लेखेको भनी बजगाईंले माफी मागेका हुन् ।

महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समितिका संयोजक आनन्द ढुङ्गाना समेत रहेको छलफलमा बजगाईंले आवेशमा आएर अभिव्यक्ति दिनु गलत भएको बताएका थिए ।

मन्त्री पाण्डे र सांसद बजगाईंलाई अनुशासन समितिले केन्द्रीय कार्यालय बोलाएको थियो । पार्टी केन्द्रीय कार्यालयमा सांसद बजगाईंले आत्मआलोचना सहितको स्पष्टीकरण बुझाएका छन् ।

बजगाईंले बुधबार बिहान सामाजिक सञ्जालमा आफ्नो बोली फिर्ता लिएको लेखेका थिए । ‘मैले लगाएको आरोपले उहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त लाञ्छित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु,’ सामाजिक सञ्जालमा बजगाईंले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?