५ मंसिर, काठमाडौं । सन् २०२५ को साफ यू-२० महिला फुटबल च्याम्पयनसीप बंगलादेशमा हुने भएको छ ।
साफ प्रतियोगिता सञ्चालन समितिको बुधबार बसेको बैठकले साफ यू-२० महिला फुटबल आगामी फेब्रुअरी ११ देखि १९ सम्म बंगलादेशमा गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले साफ यू-१९ पुरुष फुटबल २०२५ नोभेम्बर ५ देखि १५ गतेसम्म गर्ने निर्णय समेत गरेको छ ।
यसै वर्ष भएको साफ यू१९ पुरुष च्याम्पियनसीको उपाधि नेपाललाई हराउँदै बंगलादेशले जितेको थियो ।
त्यसैगरी महिला साफ यू-१९ फुटबलको उपाधि भारत र बंगलादेशले संयुक्त रूपमा जितेका थिए ।
प्रतिक्रिया 4