+
+

मिस्टर वर्ल्डको ‘ब्युटी विथ पर्पस’ विधाको उत्कृष्ट ३० मा नेपाल छनोट

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते १७:०२

काठमाडौं । मिस वर्ल्डको ‘भातृ पेजेन्ट प्रतियोगिता’ मिस्टर वर्ल्डको फिनाले आउँदो शनिबार भियतनाममा आयोजना हुँदैछ । फिनालेअघि नै नेपाललाई सुखद खबर छ ।

मिस्टर वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको उत्कृष्ट ३० को सूचीमा नेपाल समावेश भएको छ । यसवर्षको मिस्टर वर्ल्डमा नेपालको प्रतिनिधित्व सन्तोष लोक्समले गरिरहेका छन् ।

यो विधामा उत्कृष्ट हुने प्रतिस्पर्धी सीधै सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपाल यसको दाबेदार हो । भियतनामको दक्षिणपूर्वी समुन्द्री तटीय सहर फान थिएटमा फिनाले हुँदैछ । मिस्टर वर्ल्डको यो ११ औं संस्करण हो ।

यसवर्षको विजेतालाई इङ्ल्याण्डका ज्याक हेस्लेवुडले ताज लगाइदिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?