+
+

दुर्गा प्रसाईंको घरबाट पक्राउ परेका ९ जनालाई मुद्दा

एक जना हाजिर जमानतमा छाडिए

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते १७:४९

५ मंसिर, काठमाडौं। दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गर्दा प्रहरीलाई अवरोध गरेको आरोपमा समातिएकामध्ये ९ जनालाई प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान थालेको हो । एक जनालाई चाहिँ आँखा सम्बन्धी समस्या देखिएकाले छाडिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होविन्द्र बोगटीले बताए ।

छुटेका बलबहादुर तामाङबाहेक देवी संग्रौला, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदिप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुलसी बराइली र रमेश ठकुरी हिरासतमा छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक्जिएटा टेलिकममा लगानी रहेको भन्दै उनले अभिव्यक्ति दिएका थिए । त्यसक्रममा उनले कीर्ते कागजात प्रमाण भन्दै देखाएका थिए ।

प्रारम्भिक जाँचका क्रममा उनले देखाएको कागजात कीर्ते भएको र प्रधानमन्त्रीको हस्ताक्षर समेत दुरुपयोग गरिएको भन्दै प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको थियो । भक्तपुरबाट उनलाई पक्राउ गर्नुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालय, भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपाने समेत बोलाइएका थिए ।

त्यसक्रममा प्रसाईंलाई सीआईबीले लाजिम्पाटस्थित कार्यालयमा ल्यायो भने अरुलाई जिल्ला प्रहरी कार्यालय, भक्तपुर लगिएको थियो । प्रसाईंमाथि अहिले विद्युतीय अपराध नियन्त्रण ऐनविपरितको कसुरमा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?