५ मंसिर, ललितपुर । नेपाल बुद्धिचाल संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा यही मंसिर २५ देखि ३० गतेसम्म तुल्सीलाल स्मृति सातौं नेशनल टिम/क्लब चेस च्याम्पियनसिप २०८१ हुने भएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलन र किसान आन्दोलनको धरोहर रुपमा स्थापित नेता तुल्सीलाल अमात्यको स्मृतिमा हुन लागेको प्रतियोगिता ललितपुरको च्सासल स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको सभा हलमा हुनेछ ।
लिग कम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा प्रत्येक टिमबाट पाँच जना खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा सातै प्रदेश र विभिन्न क्लबहरु र संस्थाका गरि २५ भन्दा बढि टिमबाट १५० खेलाडीहरुको सहभागी रहने आयोजकले जनाएको छ ।
कुल ४ लाख ७० हजार पुरस्कार राशि रहेको प्रतियोगितामा विजेता टिमले २ लाख, उपविजेताले १ लाख २० हजार , तेस्रो हुनेले ६० हजार र चौथो हुनेले ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।
त्यसैगरी प्रत्येक बोर्डमा उत्कृष्ट हुने पाँच जना खेलाडीहरुलाई १०-१० हजार पुरस्कारको पनि व्यवस्था गरिएकोछ ।
प्रतिक्रिया 4