+

इशानको दुई गोलमा एनआरटीको सहज जित

२०८१ मंसिर  ५ गते १९:०१ २०८१ मंसिर ५ गते १९:०१
इशानको दुई गोलमा एनआरटीको सहज जित

५ मंसिर, काठमाडौं । इशान शाहले दुई गोल गरेपछि दोस्रो स्थानको एनआरटीले ललित स्मृति एन्फा यू-१८ युथ लिगमा बुधबार सातदोबाटो युथ क्लबलाई ३-० ले सहजै पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको खेलमा एनआरटीका लागि इशानले सुरुमै दुई गोल गरेका थिए । उनले ११औं र १५औ मिनेटमा गोल गर्दै एनआरटीलाई २-० को अग्रता दिलाएका थिए ।

एनआरटीका लागि अर्को गोल राजन बुढाले ८८औं मिनेटमा गरे ।

जितपछि एनआरटीले ११ खेलबाट २२ अंक जोडेको छ र शीर्ष स्थानको नेपाल पुलिस क्लबसँग अंकदूरी ४ मा झारेको छ । बुधबारकै पहिलो खेलमा शीर्ष स्थानको पुलिसले चर्च ब्वाइजलाई ३-१ ले पराजित गरेको थियो ।

नवौँ हार व्यहोरेको सातदोबाटो ११ खेलबाट ४ अंकसहित अंकतालिकाको पूछारमा छ ।

ललित स्मृति एन्फा यू-१८ युथ लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय