+
+

धनगढीबाट ६ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते १९:०२

५  मंसिर, धनगढी। धनगढीमा ६ ग्राम बढी लागुऔषध खैरो हेरोईनसहित एक युवक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकैबाट ६ ग्राम ३१ मिलिग्राम लागुऔषध खैरो हेरोईनसहित युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा डोटीको दिपायल सिलगढी नगरपालिका-६ घर भएर धनगढी-१ को त्रिवेणी चोकमा कोठा गरी बस्ने १८ वर्षीय अनुरोध श्रेष्ठ रहेका रहेका छन् ।

श्रेष्ठलाई वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनले बोकेका सामानहरु सुक्ष्म रुपमा चेकजाँच गर्दा साबुन भित्र लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?