+
+

एमालेको प्रदर्शन तयारीमा रास्वपाको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते १९:२७
फाइल तस्वीर

५ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेको ७ मंसिरमा हुने प्रदर्शन प्रति असन्तुष्टि व्यक्त गरेको छ ।

एमालेले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध प्रदर्शन गर्न लागेको आशयका रूपमा बुझ्न सकिने दाबी रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले गरेका छन् ।

केन्द्रीय समितिको बैठकपछि झाले भने, ‘सत्ता पक्षले डेलिभर गर्ने काम हो । तर, के भइरहेको छ, उहाँहरूले सडकमा आएर जनप्रदर्शन गर्ने रे प्रधानमन्त्रीको पार्टीले ।’

एमालेले गर्न लागेको प्रदर्शनको स्थान प्रति समेत रास्वपाले असन्तुष्टि व्यक्त गरेको छ ।

व्यावसायिक रूपमा महत्त्वपूर्ण स्थानमा एमालेको प्रदर्शन गर्दा पार्ने प्रभावबारे झाले प्रश्न गरे ।

नागरिकको दैनिकी नै प्रभावित हुने गरी सरकारमा रहेको दलले प्रदर्शन गर्नु अनुपयुक्त हुने झाको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?