+

डेभिस कप टेनिसमा नेपाल गुआमलाई हरायो

२०८१ मंसिर  ५ गते २३:१५ २०८१ मंसिर ५ गते २३:१५
डेभिस कप टेनिसमा नेपाल गुआमलाई हरायो

५ मंसिर, काठमाडौं । नेपालले बहराइनको मानामास्थित इशा टानउमा सुरु भएको डेभिस कपको एसिया/ओसियाना क्षेत्रको विजयी सुरुवात गरेको छ ।  नेपालले बुधबार गुआमलाई २–१ ले पराजित गरेको हो ।

नेपालले २ सिंगल्समा जित हात पारेको नेपाल डबल्समा भने पराजित भयो ।

पुरुष सिंगल्समा नेपालका प्रदीप खड्काले गुआमका लियरेन्स डानियललाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरे । अर्को सिंगल्समा नेपालका अभिषेक बाँस्तोलाले गुआमका डेरेक उकुहामालाई ६–१, ६–१ ले सहजै हराए ।

डबल्सतर्फ भने प्रनव खनाल र प्रनव मानन्धरको जोडी गुआमका आरमन सचदेव र क्यामदेन कामाचोविरुद्ध ६–२, ६–२ ले पराजित भए ।

एसिया तथा ओसियाना क्षेत्रको ग्रुप फाइभमा नेपालसहित १५ राष्ट्रको सहभागिता छ । जहाँ सहभागि राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल र गुआमसहित ब्रनाई समूह ए मा छन् ।

टेनिसको विश्वकप मानिने डेभिस कपमा नेपालले दोस्रो पटक सहभागिता जनाएको हो ।

 

 

डेभिस कप टेनिस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय