+
+

भारतका अर्बपति व्यवसायी गौतम अडानीविरुद्ध अमेरिकामा मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १०:०२

६ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने अर्बपति व्यवसायी गौतम अडानी विरुद्ध अमेरिकामा धोखाधडी र घुस आरोपमा मुद्दा दायर भएको छ ।

अडानी ग्रुपका अध्यक्ष समेत रहेका उनीविरुद्ध बुधबार न्यूयोर्कको अदालतमा मुद्दा दायर भएको हो ।

अडानी र उनका भतिजा सागर अडानी सहित सात जना विरुद्ध सौर्य ऊर्जा प्लान्ट परियोजनाको ठेक्का हात पार्न २५ करोड अमेरिकी डलर घुस दिएको र यो कुरा लुकाउन खोजेको आरोपमा मुद्दा दायर भएको छ ।

यो परियोजनाका लागि अडानी र उनको कम्पनी ग्रीन इनर्जीका पूर्व सीईओले अमेरिकी लगानीकर्ताबाट तीन अर्ब डलर उठाएको आरोप समेत लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?