+
+

आइफोन १४ प्रो-म्याक्सले खिचिएको नेपाली फिल्म अमेजन प्राइममा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १२:४०

काठमाडौं । आइफोन १४ प्रो–म्याक्सबाट छायांकन गरिएको नेपाली फिल्म ‘अ प्लेस अन्डर द सन’ अमेजन प्राइममा स्ट्रिमिङ सुरु भएको छ । वन स्क्वाड फिल्म्सले फिल्मलाई प्लाटफर्ममा ल्याएको हो ।

पहिलो चरणमा यो फिल्मलाई अमेरिका र क्यानडाको सर्भरमा हेर्न सकिने जनाइएको छ । क्रमशः अन्य मुलुकमा समेत फिल्म उपलब्ध हुने जनाइएको छ । निर्देशक जेसन लोप्चनले अन्य मुलुकमा समेत चाँडै हेर्न मिल्ने जनाए ।

अमेजन प्लाटफर्ममा फिल्म रिलिज भएपछि ओएसआर डिजिटलले युट्यबमा ट्रेलर सार्वजनिक गरेको छ । निर्देशक लोप्चनले फिल्मलाई नेपालका हलमा प्रदर्शनमा ल्याउने समेत तयारी भइरहेको बताए । सकेसम्म हल र सम्भव नभए ओटीटी प्लाटफर्ममा ल्याउने तयारी रहेको लोप्चनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?