
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले विदेशमा समेत उछाल कमाइ गरिरहेको छ । अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वमा यसको व्यापार लोभलाग्दो छ । निर्माताले बिहीबार अस्ट्रेलिया र न्युजिल्याण्डको कलेक्सन सार्वजनिक गरेका छन् ।
तेस्रो सातासम्म अस्ट्रेलियामा फिल्मले ८ लाख २१ हजार अस्ट्रेलियन डलर (७ करोड २२ लाख रुपैयाँ ग्रस) कमाइ गरेको छ । सो अवधिसम्म अस्ट्रेलियामा फिल्मलाई ४२ हजार जना दर्शकले हेरेका छन् ।
निर्माता विनोद पौडेलले पछिल्लो समय अस्ट्रेलियाली बक्स अफिसमा धेरै कमाइ गर्ने शीर्ष १० को सूचीमा ‘पूर्णबहादुरको सारङ्गी’ रहेको बताए । पहिलो साता शीर्ष स्थान ओगटेको उनले बताए । केही अस्ट्रेलियाली न्युज पोर्टलले पछिल्लो साता शीर्ष ५ मा यो नेपाली फिल्म समेटिएको समाचार सार्वजनिक गरेका छन् ।
फिल्मले सोही अवधिसम्म न्युजिल्याण्डमा ४० हजार अस्ट्रेलियन डलर (३५ लाख १९ हजार रुपैयाँ) कमाएको छ । यो फिल्मले प्रदर्शनको १० दिनसम्म अमेरिकामा ६ करोड ७५ लाख नेरु (५ लाख अमेरिकी डलर) कमाएको विवरण सार्वजनिक भइसकेको छ ।
विजय बराल स्टारर फिल्मले बिहीबारसम्म नेपालमा ४० करोडको आँकडा पार गर्ने प्रक्षेपण गरिएको छ ।
प्रतिक्रिया 4