+
+

अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १२:५८

६ मंसिर, काठमाडौं । अस्ट्रेलियाली संसदको तल्लो सदनमा पेस गरिएको एक विधेयकमा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ ।

बिहीबार पेस गरिएको उक्त विधेयक अगाडि बढेमा केही सामाजिक सञ्जालमा बालबालिकाको पहुँचमा बन्देज लाग्नेछ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, ‘यो प्रतिबन्ध एक्स, टिकटक, फेसबुक र इन्टाग्रामा हुनेछ।’

अल्बानीजले नयाँ कानुन कार्यान्वयनमा आएसँगै सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई बचाउन मद्दत मिल्ने बताए ।

अस्ट्रेलियाको नयाँ कानुनले यस्तो प्रतिबन्धको लागि एउटा स्पष्ट रूपरेखा प्रदान गर्नेछ । १७ पृष्ठ लामो यो दस्तावेज अर्को हप्ता अस्ट्रेलियाको सिनेटमा पेस हुनेछ ।

बीबीसीका अनुसार अस्ट्रेलियामा धेरै अभिभावकहरूले यो पहललाई स्वागत गरेका छन् ।

तर, धेरै विज्ञहरूले यसबारे प्रश्न पनि उठाइरहेका छन् । बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने र त्यसबाट रोक्न सम्भव छ कि छैन भन्ने उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?