+
+

काठमाडौं र ललितपुरमा ३ वटा शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १६:१४

६ मंसिर, काठमाडौं । काठमाडौं र ललितपुरका तीन फरक ठाउँमा तीन वटा शव फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–१६ माछापोखरी बसन्तनगरस्थित क्लासिकल होटलमा एउटा शव फेला परेको छ । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका–१६ माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि एक पुरुषको शव भेटिएको छ । हाल नामथर र ठेगाना नखुलेका अन्दाजी ५५ वर्षका पुरूष बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

उता ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा पनि नामथर, ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?