
काठमाडौं । लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने पोखरामा गुञ्जिने भएका छन् । आउँदो पुस २६ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पोखरा सभागृहमा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१’ आयोजना गर्न लागेको हो ।
गत वर्ष भदौ १५ मा प्रतिष्ठानले ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ आयोजना गरेको थियो । वर्षेनी एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने प्रतिष्ठानको योजनाअनुसार कार्यक्रम गर्न लागिएको प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले उल्लेख गरेकी छन् ।
न्यौपानेका सरर पानी घट्टामा, घामजस्तो चम्किलो जुन हुँदैन, रुन्छ नि मन किन रुँदैन, आज मुग्लिन झरौं, कुर्था सुरुवाल लाउँदा, ऐना हेरेर, मायाले मार्यो, मिर्मीमुनि काली थुनेको, ढुंगेधारामा, झिलमिल सितारा, मलेवा सरर, देउरालीमा धजा लगायत गीत चर्चित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4