+

विराटनगर किंग्सको पहिलो चरणको प्रशिक्षण सुरू

२०८१ मंसिर  ६ गते १७:४९ २०८१ मंसिर ६ गते १७:४९
विराटनगर किंग्सको पहिलो चरणको प्रशिक्षण सुरू

६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टिम विराटनगर किंग्सले तयारीस्वरूप आफ्नो प्रशिक्षण सुरू गरेको छ । टिमले बिहीबारदेखि विराटनगरमै आफ्नो पहिलो चरणको तयारी थालेको हो ।

विराटनगर ज्वाला क्रिकेट मैदानमा तयारी थालेको विराटनगरले ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडी पनि छानेको छ । आइकोनिक खेलाडीमा कमल खत्री चुनिएका छन् ।

कमलसहित फिर्दोष अन्सारी र सुजन थपलिया पनि ट्यालेन्ट हन्टबाट छानिएका छन् । उनीहरूले टिमसँगै प्रशिक्षण गर्ने छन् ।

विराटनगरले एनपिएलको उद्घाटन खेलमै १५ मंसिरमा जनकपुर बोल्ट्ससँग खेल्दै छ । टिम मंसिर १२ गते अन्तिम तयारीका लागि काठमाडौं जाने जनाइएको छ ।

विराटनगरको टिममा मार्की खेलाडी सन्दीप लामिछाने छन् भने अन्य खेलाडीमा प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुबास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल छन् ।

त्यसैगरी विदेशी खेलाडीमा न्युजिल्यान्डका मार्टिन गप्टिल ओमानका आकिब इलियास, क्यानडाका निकोलस किर्टन र स्कटल्याण्डका क्रिस सोल छन् । मुख्य प्रशिक्षकमा आयरल्याण्डका पूर्वक्रिकेटर केभिन ओ ब्रायन छन् ।

एनपीएल विराटनगर किंग्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय