+
+

ओमानी रियाल अब परिवर्त्य विदेशी मुद्रा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १५:२१

६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्राको सूचीमा समावेश गरेको छ ।

हाल २० वटा मुद्रालाई परिवर्त्य विदेशी मुद्राको मान्यता दिएको नेपाल राष्ट्र बैंकले २१औं मुद्राका रूपमा ओमानी रियाललाई पनि परिवर्त्य विदेशी मुद्राको मान्यता दिएको हो ।

ओमानमा कार्यरत नेपाली संख्या बढ्दै गएकाले त्यहाँ कार्यरत नेपालीलाई सहजीकरण गर्न ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्रामा समावेश गरेको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

नेपालमा सटहीका लागि अनुमति पाएका विदेशी मुद्रालाई परिवर्त्य विदेशी मुद्राका रूपमा लिइन्छ । नेपालमा यसअघि २० विदेशी मुद्रा परिवर्त्य विदेशी मुद्राका रूपमा थिए ।

जसअन्तर्गत अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्र्यांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन चाइनिज युआन, साउदी अरब रियाल, कतारी रियाल, थाई भाट, यूएई दिराम, मलेसियन रिंगिट, दक्षिण कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार र बहराइन दिनार मुख्य छन् । भारतीय मुद्रासँग भने नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?