+
+

कांग्रेसको सर्कुलर : एमालेसँग सरकारमा सहकार्य, चुनावी मैदानमा प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १९:५५

६ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले उपनिर्वाचन हुने स्थानीय तहहरूमा प्रमुख प्रतिस्पर्धी नेकपा एमाले रहने उल्लेख गर्दै पार्टी संरचनामा सर्कुलर गरेको छ । उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले मातहतका संरचनामा १५ बुँदे विशेष सर्कुलर जारी गरेका हुन् ।

उप निर्वाचनमा मुख्य प्रतिस्पर्धी किटान गर्दा सरकारमा सहकार्य भएपनि प्रतिस्पर्धा एमालेसँग हुने हुँदा सोही अनुसारको नीति अंगिकार गर्न तल्लो तहलाई निर्देशन दिएका छन् । चुनावी प्रतिस्पर्धाको बीचमा पनि दलहरूमा सद्भाव र सामाजिक एकता कायम राख्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्न सर्कुलर गरिएको हो ।

सर्कुलरमा विगतमा बागी बनेका वा कांग्रेसका उम्मेदवार हराउन लागेकालाई उनीहरूले उपनिर्वाचनमा देखाएको भूमिकाको आधारमा कारबाही फुकुवा, सदस्यता नवीकरण र जिम्मेवारी प्रदान गर्न सूचित गरिएको छ । चुनाव हुने भूगोलमा चुनाव केन्द्रीत अभियान बाहेक त्यसलाई असर पर्नसक्ने अन्य कुनैपनि कार्यक्रम नराख्न निर्देशन जारी गरिरहेको छ ।

साथै, सर्कुलरमा चुनाव हुने स्थानका नेता कार्यकर्ता क्षेत्र बाहिर रहेको भए फर्केर प्रचारमा समय दिन आग्रह गरिएको छ ।

चुनावी प्रचारका क्रममा उठाउने मुद्दा र प्रतिवद्धताका बारेमा पनि पार्टी पंक्तिलाई निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?