+

करिब तीन वर्षपछि ‘बी’ डिभिजन लिग आयोजनाको तयारीमा एन्फा

२०८१ मंसिर  ६ गते २०:२९ २०८१ मंसिर ६ गते २०:२९
करिब तीन वर्षपछि ‘बी’ डिभिजन लिग आयोजनाको तयारीमा एन्फा

६ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले करिब तीन वर्षपछि शहिद स्मारक ‘बी’ डिभिजन लिग गर्ने भएको छ । एन्फाले २०८१ माघमा ‘बी’ डिभिजन लिग गर्ने गरी तयारी थालेको हो ।

पछिल्लोपल्ट २०७८ फागुनदेखि चैतसम्म ‘बी’ डिभिजन लिग आयोजजा भएको थियो । तर पछिल्लो दुई सिजन यो लिग हुन सकेको छैन । यस ‘बी’चमा ए डिभिजन र सी डिभिजन लिग भएपनि ‘बी’ डिभिजनको मिति भने पटक पटक तोकिएर पनि हुन सकेको थिएन ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरु र ‘बी’ डिभिजन क्लबका पदाधिकारीहरुबीच एन्फा सचिवालयमा भएको संयुक्त बैठकले नयाँ मिति तय गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

जसअनुसार ‘बी’ डिभिजन लिग आगामी माघ १३ गतेदेखि सुरु हुनेछ । यस्तै यही मंसिर २१ गतेसम्म क्लब दर्ता गरिसक्नुपर्ने भने पुष १३ गते खेल तालिका प्रकाशन गरिने छ ।

त्यसबीचमा मंसिर अन्तिम साता फिफा कनेक्ट वर्कसप र क्लब लाइसेन्सिङ वर्कसप पनि हुने एन्फाले जनाएको छ ।

लिगका केही खेल दशरथ रंगशाला र बाँकी खेल एन्फा कम्पलेक्समा सञ्चालन गरिने पनि एन्फाले जनाएको छ ।

एन्फा बी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय