+
+

काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १०:२५
काठमाडौं प्लाजाको पार्किङ क्षेत्र । फाइल फोटो

७ मंसिर, काठमाडौं । कमलादीस्थित काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने भएको छ ।

काठमाडौं महानगरपालिकाले आज सूचना जारी गरी आज साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म महानगरको कार्यालय परिसर गाडी पार्किङका लागि खुला हुने जानकारी दिएको हो ।

यो सुविधाले कमलादी, कमलपोखरी, पुतलीसडक, दरबारमार्ग ती क्षेत्र आसपासको सवारी साधन पार्किङ सहज हुने विश्वास महानगरको छ ।

काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्ले भन्छन् , ‘यो सुविधा दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो । अब कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङमा सहजता हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?