+

बिली जिन किङ कपमा सहभागी हुन टेनिस टोली बहराईन जाने

२०८१ मंसिर  ७ गते ११:१७ २०८१ मंसिर ७ गते ११:१७
बिली जिन किङ कपमा सहभागी हुन टेनिस टोली बहराईन जाने

७ मंसिर, काठमाडौं । बिली जिन किङ कपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टेनिस टोली शुक्रबार बहराइनको मानामा प्रस्थान गर्ने भएको छ ।

नोभेम्बर २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

अभिलाषा विष्ट, सुनिरा थापा, स्वस्तिका विष्ट, प्रकृति श्रेष्ठ र प्राज्ना मानन्धरले खेल्ने छन् । प्रशिक्षकमा सन्तोष खत्री तथा व्यवस्थापकमा नेपाल टेनिस संघका सदस्य अजय विष्ट छन् ।

सातदोबाटोमा एक कार्यक्रमका बीच टेनिस संघका महासचिव मनोहरदास मुल र सदस्य जयजीव हाडाले शुभकामनासहित टोलीको बिदाइ गरेका थिए ।

नेपाली टेनिस टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय