+
+

१५ सय बढ्यो सुन, पाँच दिनमा साढे ५ हजार महँगियो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते ११:१७

७ मंसिर, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १५०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन १ लाख ६४ हजार रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ पुनः उकालो लागेसँगै नेपाली बजारमा प्रभाव देखिएको छ । पाँच दिनमा सुन तोलामा साढे ५ हजार महँगिएको छ । गत आइतबार सुनको भाउ प्रतितोला १ लाख ६० हजार रुपैयाँ थियो ।

त्यस्तै कात्तिक १४ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँको उच्चतम रेकर्ड बनेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी यस दिन १९४० रुपैयाँमा झरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?