+
+

श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते ११:२०

७ मंसिर, काठमाडौं । नेपालमा नियमित उडान गरिरहेको श्रीलंकन एयरलाइन्सले हवाई भाडा घटाएको छ ।

कम्पनीका सेल्स म्यानेजर दीपक मैनालीका अनुसार श्रीलंका–काठमाडौं–श्रीलंका र काठमाडौं–माल्दिभ्स–काठमाडौं दुबै रुटमा ५ देखि २० प्रतिशतसम्म भाडा घटेको छ।  घटेको भाडादर आजबाट ३१ डिसेम्बरसम्म लागु हुने उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारको अनुरोधमा कम्पनीले भाडा घटाउने निर्णय लिएको उनको भनाई छ । यसअघि नेवानिले समेत बिहीबार भाडा घटाएको घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?