+
+

‘क्रेडिट रेटिङ’ ले विदेशबाट ल्याउने ऋणको लागत डेढ प्रतिशतसम्म घट्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १२:१३

७ मंसिर, काठमाडौं । नेपालले सार्वभौम ‘कन्ट्री रेटिङ’ मा पाएको ‘डबल बी माइनस’ नतिजाले विदेशबाट ल्याउने ऋणको लागत डेढ  प्रतिशतसम्म घट्ने देखिएको छ ।

अहिले विदेशी ऋणदाताले नेपाली कम्पनीहरूलाई दिने ऋणमा ४ देखि ४.५ प्रतिशतसम्म जोखिम वापत प्रिमियम जोडिरहेको स्टान्डर्ड चार्टर्ड बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोरखशमशेर जबराले बताए ।

अहिलेको रेटिङले १.५ प्रतिशतसम्म लागत प्रिमियम कम हुन सक्ने उनकाे भनाइ छ ।

ऋणको लागत घट्दा व्यावसायिक लागत कम पर्ने उनले बताए । तर, यस्तो दर आजको भोलि नभई क्रमशः घट्ने उनले बताए ।

स्टान्डर्ड चार्टर्ड बैंकले नेपालकाे कन्ट्री रेटिङ सल्लाहकारको भूमिकामा काम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?