+
+

प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ मंसिर ७ गते १३:३१

७ मंसिर, काठमाडौं। नेकपा एमालेसहित विभिन्न पक्षले गरेको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त बनेकाे छ । काठमाडौंका विभिन्न ठाउँबाट निकालिएका र्‍याली अहिले दरबारमार्ग भेला हुने क्रम जारी छ ।

एमालेले सभाअघि विभिन्न स्थानबाट र्‍याली निकालेको थियो । यसैगरी दुर्गा प्रसाईं समूहले कोटेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ । जसकारण ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त बनेको हो ।

एमालेको सभाका लागि नारायणहिटी दरबारको गेट अगाडि नै मञ्च बनाइएको छ ।

ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आउ-जाउ गर्न रोक लगाएको छ भने दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?