+
+

कांग्रेसले भन्यो– चीनसँग अब ऋण लिनु हुँदैन, अनुदानकै प्रतिबद्धता कार्यान्वयन गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १३:२७

७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले चिनियाँ सरकारले अनुदानमा गरेका प्रतिवद्धता पूरा नभएसम्म बीआरआईको नाममा नयाँ ऋण लिन नहुने निर्णय गरेको छ ।

नेपाली कांग्रेसले गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपाय’बारे आज अर्थविद र परराष्ट्र मामिलाका जानकारसँग छलफल गरेपछि बीआरआईका नाममा नयाँ ऋण लिन नहुने ठहर गरेको हो ।

छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले भने यसअघिका चिनियाँ प्रतिवद्धता पूरा गर्नुपर्ने बताए । ‘बीआरआईका विषयमा कांग्रेसले दोधारे भएको होइन, अहिले ऋण लिन सकिँदैन भनेको मात्रै हो’, उनले भने, ‘अबचाहिँ कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरि हामी के चाहन्छौं भने कनेक्टिभिटीको कुरा आउँदा सुरुमा सडकमा अनुदान सहयोग लिनुपर्‍यो, अनुदानमै धेरै प्रतिबद्धता चिनियाँ सरकारले गरेको कैयौं कार्यान्वयन भएको छैन । त्यसलाई कार्यान्वयन गर्नुपर्‍यो ।’

डा. महतले अगाडि भने, ‘अनुदानमै कार्यान्वयन नै कार्यान्वयन भएको छैन, अहिले ऋणको कुरा गरेर के अर्थ छ ? अहिले फेरि ऋणको भार पनि बढिरहेको छ । त्यसकारण चिनियाँ सरकारसँग मात्रै होइन कि जुनसुकै सरकारसँग पनि अहिले हामी ऋण लिने कुरामा जानुहुन्न ।’

चिनियाँ सरकारसँग बीआरआईअन्तर्गतकै अनुदान कार्यान्वयन गर्ने तर, तत्काल ऋण लिन नहुने डा‍. महतले बताए ।

‘बीआरआई फ्रेमवर्कको जुन कुरा भइराखेको छ, त्यसमा अरु रणनीतिक सुरक्षाका कोण, अरुखाले विषयवस्तुहरु एउटा प्लटमा जान खोजेको हो कि या के हो ? भन्नेचाहिँ हिसाबको कुरा हुनुपर्छ भन्ने हाम्रो कुरा हो’, उनले भने, ‘खास गरेर अहिले अनुदान नै कार्यान्वयन गर्नुपर्छ, बीआरआई अन्तर्गतकै अनुदान कार्यान्वयन गर्नुपर्छ, ऋणचाहिँ लिन हुँदैन भन्ने हो ।’

सत्ता साझेदार दल नेकपा एमालेसँग बीआरआईको विषयलाई लिएर विमती सार्वजनिक भइरहेका बेला कांग्रेसले संसद भनवको ल्होत्से हलमा अर्थविद र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल गरेको थियो ।

छलफलमा छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेताहरु प्रकाश शरण महत, उदय शम्शेर राणा, चीनकाजी श्रेष्ठ लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?