+
+

एमाले तेह्रथुमको अध्यक्षमा १० बुँदे पक्षधर ढुंगाना विजयी

हरि अधिकारी हरि अधिकारी
२०८१ मंसिर ७ गते १३:३६

७ मंसिर, विराटनगर । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिव ढुंगाना निर्वाचित भएका छन् । तेह्रथुमको १२ औं जिल्ला अधिवेशनमा संस्थापन पक्षका गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै एमालेको १० बुँदे पक्षका ढुंगाना निर्वाचित भएका हुन् ।

४ मंसिरबाट सुरु अधिवेशनमा नेतृत्वका लागि बिहीबार भएको मतदानमा ढुंगाना २३६ मतसहित विजयी हुँदा अध्यक्षका उम्मेदवार श्रेष्ठले २०४ मत ल्याएका थिए । १० बुँदे पक्षबाट अध्यक्ष निर्वाचित भएका ढुंगाना पूर्व जिल्ला समन्वय समिति प्रमुख हुन् ।

एमाले तेह्रथुमको उपाध्यक्षमा सन्तोष तिगेला निर्विरोध निर्वाचित भए । सचिव तारा मादेन विजयी भए । उपसचिवमा यादव खापुङ निर्वाचित भए । उनीहरू १० बुँदे पक्षधर हुन् । महिला उपसचिव तारा ढकाल १७५ मतसहित निर्वाचित भइन् ।

अधिवेशनबाट ८९ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । माधवकुमार नेपालले नेकपा एमाले विभाजन गर्दा उनका पक्षका नेताहरू १० बुँदे सहमति गरी एमालेमा बसेका थिए । एमालेमा बसेको नेताहरूको समूहलाई १० बुँदे पक्षधर भनेर सम्बोधन गरिँदै आएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?