+
+

काठमाडौंमा रोमान्टिक ओरी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १३:४७

काठमाडौं । बलिउड इन्फ्लुएन्सर ओरी केही दिनदेखि नेपाल घुमघाममा ब्यस्त छन् । बलिउड सेलेब्रिटीसँग रोमान्टिक फोटो खिचाउँदै चर्चामा आइरहने उनी यतिबेला सोसल मिडियामा खुबै पछ्याइनेमध्ये पर्छन् ।

बलिउड र हलिउड ए-लिस्टरसँग ओरीका रोमान्टिक भिडियो र फोटो निकै भाइरल छन् । यतिबेला नेपालका विभिन्न थलो घुमघाम गरिरहेका ओरीले खुम्बु क्षेत्र घुमघाम गरे । पर्वतीय उडानबाट सगरमाथा क्षेत्रको पनि दृश्यावलोकन गरे ।

त्यसअघि रुसी सांस्कृतिक केन्द्रमा भीएफवाइ टक्सले आयोजना गरेको भारतीय आध्यात्मिक अभियन्ता मा शिलाको प्रवचन कार्यक्रममा पनि उनले भाग लिए । उनले पशुपतिनाथ दर्शन पनि गरे । अन्य सम्पदा स्थल र मन्दिरमा पनि उनी पुगे ।

ठमेलस्थित एलओडी क्लबमा पनि उनी पुगे । फेसन शैलीले पनि ओरी प्रशंसकमाझ चर्चित छन् । सार्वजनिक तस्वीरमा ओरीलाई नेपालमा रमाइलो समय बिताएको रुपमा देख्न सकिन्छ :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?