
७ मंसिर, बुटवल। पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिर उदघाटनमा आयोजित पूजाआजामा सरिक भएका छन् ।
शुक्रबार बिहान चार्टर विमानमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएका उनका समर्थक, शुभेच्छुक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, कार्यकर्ता, राजावादीहरु लगायतले स्वागत गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र आज दिउँसो ४ बजे नै काठमाडौ फर्किने कार्यक्रम रहेको उनको सचिवालयका सचिव फणीन्द्र पाठकले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4