+
+

विदेश पठाउने बहानामा ५ युवतीलाई बेचविखन गर्न लागेको आरोपमा एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १४:३७

७ मंसिर, काठमाडौं । विदेश पठाउने बहानामा ५ युवतीलाई बेचबिखन गर्न लागेको आरोपमा एक युवक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङ छन् ।

थिङलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले पक्राउ गरेको हो । उनले गाउँका ५ युवतीलाई ललाइफकाई भारत पुर्‍याएर बेच्न लागेको पाइएको चितवनका एसपी गौतम मिश्रले बताए । उनका अनुसार नारायणगढबाट भारत लैजान सुनौली जाने बस चढाउन लागेका बेला थिङ पक्राउ परेका हुन् ।

युवतीहरुको पासपोर्ट संकलन गरी भिसा लगाउन भारत पठाएको र उत्तैबाट विदेश जाने भन्दै युवतीहरुलाई भारत लैजान लागेको आरोप छ ।
पक्राउ परेका युवतीहरुलाई सेफ हाउसमा राखिएको एसपी मिश्रले बताए ।

थिङविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?