+
+

माग्ने बुढा, अनमोल र जसिताले लुक्लामा यसरी गर्दैछन् ‘जेरी अन टप’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १५:२०

काठमाडौं । फिल्म ‘जेरी अन टप’को आधा छायांकन सकिएको छ । यतिबेला यो फिल्मको छायांकन लुक्लामा भैरहेको छ । सबै कलाकार यतिबेला लुक्लामा छन् ।

लुक्ला विमानस्थलमा भैरहेको छायांकनका केही तस्वीर प्राप्त भएका छन् । जहाँ केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, अनमोल केसी र जसिता गुरुङलाई देख्न सकिन्छ । जहाजबाट ओर्लिएर हिँडेको क्यारेक्टर लुक्समा यी कलाकारलाई देख्न सकिन्छ । ब्याकप्याक बोकेर रमाउँदै हिँडेको भावमा फोटो देखिन्छ ।

निर्माता सरोज न्यौपानेले अझै एकसाता लुक्ला क्षेत्रमा छायांकन चल्ने बताए । सुयोग गुरुङले निर्देशन गरिरहेको फिल्मले यात्राको क्रममा हुने सम्बन्धको कथा पेश गर्छ । लुक्लाअघि काठमाडौंमा छायांकन गरिएको थियो ।

अन्तिम दृश्यहरु भारतको लद्दाखमा खिच्ने तयारी छ । ‘छक्कापञ्जा ५’ हिट भएपछि माग्ने बुढाले यो फिल्म गरिरहेका हुन् । ‘फर्की फर्की’पछि अनमोल र जसिताले दोस्रोपटक सहकार्य गरिरहेका छन् । यो फिल्ममा आँचल शर्मा, बिपना थापा र भुवन केसीले पनि अभिनय गरिरहेका छन् ।

प्रेमकथामा बन्न लागेको यो फिल्म भ्यालेन्टाइन्स डेको सन्दर्भमा २ फागुनमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?