+
+

२ किलो सुनसहित रसुवाबाट पक्राउ परेका व्यक्ति भरिया

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १५:३२

७ मंसिर, काठमाडौं। रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित पक्राउ परेका व्यक्ति भरिया रहेको खुलेको छ ।

गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि अनुसन्धान गर्दा लामा भरियामात्रै रहेको खुलेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले बताए ।

‘अहिलेसम्मको अनुसन्धानले पक्राउ परेका लामा भरिया मात्रै रहेको खुलेको छ । चिनियाँले पठाएको सुन बोकेर नाका कटाउने जिम्मा लामाले लिएको देखिन्छ’ भट्टराईले अनलाइनखबरसँग भने ।

कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनी पक्राउ परेका थिए । लामाले चलाएको मोटरसाइकलाई संका लागेर प्रहरीले जाँच गरेको थियो । सो क्रममा उनले लगाएको जुत्ताको सोलमा २ किलो सुन भेटिएको हो ।

दायाँ–बाँयाको जुत्तामा एक÷एक किलो दरका २ किलो सुन लुकाएर लामाले बोकेका थिए । पक्राउ परेक लामालाई सुनसहित भन्सार कार्यालय बुझाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?