
काठमाडौं । के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’की रोज र अमेरिकी पपस्टार ब्रुनो मार्सको नयाँ गीत ‘एप्ट’ले यतिबेला विश्वभर तहल्का पिटिरहेको छ । रिलिजको एक महिनादेखि नै यसले सबै स्ट्रिमिङ प्लाटफर्म कब्जा गरेको स्थिती छ ।
रिलिज भएदेखि नै यो गीत युट्युवको ‘ग्लोबल ट्रेन्डिङ’को शीर्षस्थानमा छ । युट्यवको नेपालमा संगीत खण्डतर्फ पनि गीत ट्रेन्डिङमा छ । बिलबोर्डका २०० उत्कृष्ट गीतमध्ये यो अझै शीर्षस्थानमा छ । लगातार चौंथो सातादेखि सूचीको विश्वब्यापी २०० औं स्थानमा छ ।
अक्टोबर १८ मा रिलिज भएको गीत यतिबेला विश्वब्यापी चर्चामा छ । गीत हिट भएपछि रोज र ब्रुनो मार्सले आउँदो शुक्रबार जापानको ओसाकास्थित कियोसेरा डोममा प्रस्तुति दिँदैछन् ।
के-पप स्टार रोजले यसैवर्षदेखि एकल गायनको करिअर थालेकी हुन् । सुरुमै उनलाई विश्वब्यापी सफलताले पछ्यायो । उनले स्पोटीफाइमा कीर्तिमान रच्दै १०० मिलियनको आँकडा पार गर्ने पहिलो के-पप महिला गायिका बनिन् । डिसेम्बर ६ मा उनको स्टुडियो एल्बम ‘रोजी’ रिलिजको तयारीमा छ ।
ब्रुनो मार्स ग्रामी विजेता अमेरिकी पपस्टार हुन् । उनी ‘जस्ट द वे यू आर,’ ‘म्यारी यू’ र ‘अपटाउन फंक’जस्ता हिटहरूका लागि कोरियाली श्रोतामार्फत परिचित छन् । गतवर्ष सियोलमा आयोजित कन्सर्टमा १ लाखभन्दा बढी टिकट विक्री भएका थिए ।
नेपालमा समेत रोज र ब्रुनो मार्सलाई पछ्याउने जेन-जी फ्यान धेरै छन् । यसको पुष्टि ‘एप्ट’ गीत नेपालको ट्रेन्डिङको शीर्ष स्थानमा लगातार दुईसाता जति स्ट्रिमिङ हुनुले पुष्टि गर्छ । आकर्षक उत्पादन, ब्यापक अपिल र सांस्कृतिक सान्दर्भिकताको कारण यो फिल्म विश्वब्यापी हिट भैरहेको विश्लेषण गरिएको छ । यो गीतलाई अहिलेसम्म युट्युवमा ३९ करोडभन्दा धेरैपटक हेरिएको छ ।
प्रतिक्रिया 4