+
+

हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट नबेच्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १७:१८

७ मंसिर, काठमाडौं । निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने घोषणा गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने कारण देखाउँदै काठमाडौंबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसम्मका उडानमा उच्च हवाई भाडा लिएको गुनासोप्रति ध्यानाकर्षण भएको भन्दै हिमालयले उच्चतम श्रेणीको भाडादरमा टिकट नबेच्ने घोषणा शुक्रबार गरेको हो ।

कम्पनीका अनुसार ‘वाई’ क्लास भाडा नर्मल इकोनोमी क्लासकोे उच्चतम श्रेणीको भाडादर हो । यात्रुलाई सहज भाडादर उपलब्ध गराउन ६ मंसिरदेखि उच्चतम श्रेणीको भाडादरमा टिकट नबेच्ने निर्णय भएको हो ।

हिमालयले हवाई टिकटको कालोबजारी नियन्त्रण गर्न तथा विदेश यात्रा गर्ने सर्वसाधारणका लागि उचित भाडा उपलब्ध गराउन आफ्नो सिट क्षमताको परिधिमा रहेर भाडादर कायम गरेको जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन तथा नेपालमा सञ्चालनमा रहेका सबै अन्तर्राष्ट्रिय एयरलाइन्सको सहमतिमा २५ कात्तिकदेखि अर्को सूचना जारी नहुन्जेल सबै ‘ग्रुप टीबीए’ (सामूहिक खरिद) बुकिङ निलम्बन गरिसकिएको छ ।

हिमालयले सबै ट्राभल एजेन्सीलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न सूचित गरिसकेको जनाएको छ ।

त्यस्तै ट्राभल एजेन्सीलाइ सातामा कम्तीमा दुई पटक इमेल पठाइरहेको र कसैले कालोबजारी गरेको भेटिए कानुनी कारबाही गरिने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?